२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

भारतीय च्यानलहरुको प्रसारण रोकेकोमा सरकारद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोकेकोमा सरकारले वितरकहरुप्रति खुसी व्यक्त गरेको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालका विषयमा अनर्गल तथा भ्रामक समाचार सामग्रीहरु प्रसारण गर्ने भारतीय न्युज च्यानलहरु नेपालका विदेशी च्यानल वितरकहरुले स्वतस्फूर्तरुपमा बन्द गरिदिएका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसरी स्वतस्फूर्तरुपमा त्यस्ता च्यानलहरुको प्रसारण रोकेका वितरकहरुलाई धन्यवाद ज्ञापन गरेको हो।

‘केही भारतीय सञ्चार माध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवर सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

साथै विज्ञप्तिमा आगामी दिनमा समेत सरोकारवालाहरुबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने÷गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्दछ।’ भनिएको छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ असार २६

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP