
धनगढी : पत्रकारमाथि हातपात गर्ने धनगढीका दुईजना पक्राउ परेका छन्। दिनेश सञ्चार गृहले सञ्चालन गरेको दिनेश खबर, दिनेश एफएमका वरिष्ठ संवाददाता कमल सावदमाथि दुर्व्यवहार गरी हातपात गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का हर्कबहादुर देउवा र उनका छोरा ठक्करबहादुर देउवा पक्राउ परेका हुन् ।
दुवैजनाले आइतबार दिउँसो सुदूरपश्चिम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा आफुमाथि दुव्र्यवहार गर्दै हातपात गरेको पत्रकार सावदले बताए । दुवैजना विरुद्ध पत्रकार सावदले दर्ता गरेको सार्वजनिक हित समेतको विरुद्ध कसुर गरेको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए ।
यसअघि जिल्ला प्रहरी कार्यालयमा दिएको ठाडो निवेदनका आधारमा छलफलका लागि भन्दै आफै प्रहरी कार्यालयमा उपस्थित भएका बावु छोरालाई उजुरी दर्ता भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। कृषि मन्त्रालयबाट माछा पालनका लागि अनुदान लिएर पनि पोखरी निर्माण नगरेको विषयमा समाचार छापेर आफ्नोे बदनाम गरेको भन्दै बुवाछोराले दुव्र्यवहार र हातपात गरेको पीडत पत्रकारले बताए ।
नेपाल पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुनबहादुर शाह, महासचिव योगेश रावल, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, कैलाली जिल्ला शाखामा सचिव हिमाल जोशी, प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा लगायतका पत्रकारको टोलीले दोषीलाई कानून अनुसार कारवाही हुनुपर्ने भन्दै कैलाली प्रहरीको ध्यानाकर्षण गराएका थिए।
कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले घटनाको अनुसन्धान गरी दोषीलाई कानून अनुसार कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...