सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्रको संयुक्त साझेदारीमा संचालित कोभर परियोजना अन्तर्गत लकडाउनले पठनपाठन अबरुद्ध भइरहेका बेला प्रारम्भिक कक्षा १–३ सम्मका बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भन्ने हेतुले शैक्षिक सामग्री बितरण गरिएको हो ।
प्रत्येक बालबालिकालाई ४१० रुपैयाका दरले करिव ४६ हजार बराबरको सामाग्री बितरण गरिएको छ । शैक्षिक सामाग्रीहरुमा प्रत्येक बालबालिकालाई किताव १ थान (चित्रकला तथा मनोरञ्जनात्मक र जीवन उपयोगी ज्ञान भएको) कापी २ थान, पेन्सिल ३ थान, डटपेन २ थान र इरेजर ५ थान रहेका छन् । साथै उक्त संस्था द्वारा संचालित कोभर परियोजना अन्र्तरगत दिपायल सिलगढी नगरपालिका र आदर्श गाँउपालिकाका ७५ जना बालबालिकालाई सरसफाई सामाग्री पनि बितरण गरिएको छ ।
सरसफाई सामग्री अन्तर्गत प्रत्येक बालबालिकाहरुलाई नुहाउने साबुन ६ थान, लुगा धुने साबुन ४ थान, तौलीया, दाँत माझ्ने ब्रस, दन्तमन्जन, काईयो, साबुनदानी, सामाग्री राख्ने झोला, नेलकटर र जानकारीमुलक पर्चा एक एक थानका दरले प्रति बालबालिकालाई रु.७२८ बराबरको सामाग्री बितरण गरिएको छ ।
नेपाल कोभर परियोजना संचालनमा रहेका डोटी जिल्लाका आर्दश गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका करिब ४२०० बालबालिकाहरुलाई सरसफाई सामाग्री र कक्षा १ देखि ३ सम्म अध्ययनरत करिव १४०० बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने लक्ष्य रहेको सामुदायिक बिकास केन्द्र (सिडिसि), डोटीका अध्यक्ष श्री हेमराज जोशीले बताउनु भयो ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...