२०८३ असार ३, बुधबार
June 17, 2026, Wednesday

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो : पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिए

काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा देशभर ५३८ संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या १० हजार ९९ सय पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकभर कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २ हजार २३४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिनमा रहेका छन् भने कोरोना संक्रमणपछि आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या ७ हजार ८५१ रहेको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ असार ९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP