२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

उपभोक्ता समितीमा जनप्रतीनिधीको दादागिरी

अछाम – अछामको साँफेवगर नगरपालिका वडा नम्वर ९ बुढाकोटमा जनप्रतिनीधीहरुले पदको दम्भ देखाउदै दादागिरी गरेको आरोप लागेको छ । संघिय सरकारको निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तरगत बुढाकोटको सुगरखाल देखी बुढाकोटसम्मको सडक स्तर उन्नतीको काममा जनप्रतिनीधीले उपभोत्ता समितीका पदाधिकारीहरुलाई जानकारी नै नगराई आफुखुसी गरेको आरोप स्थानियले लगाएका छन् ।

स्रोतका अनुसार निर्वाचन पुर्वाधार विकासको आर्थिक वर्ष २०७६÷०७७ को १५ लाख रकमको सडक निमार्ण कार्यक्रममा एक पक्षिय ढंगले सडक निमाणको काम सुरु गरेकोले साँफेवगर नगरपालिकालाई छानविन गरिदिन भन्दै उजुरी दिएको उपभोत्ता समितीका सचिब सर्जन परियारले जानकारी दिए । सो सडक निमार्णमा उपभोत्ता समितीका अध्यक्षले जनप्रतिनीधीको प्रभावमा परेर समितीका सचिब, कोषाध्यक्ष तथा अन्य पदाधीकारीलाई खबर नै नगरी सम्झौता विना, विना स्टमेट जिल्ला वाहिर रहेको डोजर झिकाएर एक्कासी काम सुरु गरेको बताए ।

विश्वभर फैलिएको कोराना भाइरसको प्रभाब हुने भन्दै एक पक्ष मात्र कोठा भित्र चुक्कुल लगाएर सल्लाह गरेर सडक खन्न सुरु गरेको स्थानिय डण्डीराज भट्टले गनासो गरे । सो विषयमा कुरा बुझ्न साँफेवगर नगरपालिका वडा नम्वर ९ बुढाकोटका अध्यक्ष धु्रव थापालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । वडा सदस्य दिपक कुँवरले सडक निमार्णको काम एक लौटी ढंगले निमार्ण गर्न लागेको नभई सवै पक्षसंगको समन्वयमा सुरु गरिएको दावी गरेका छन् । एक दुई जनाको असहमती हुदैमा एक पक्षिय भन्न नमिल्ने कुँवरको भनाई छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र ५

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP