धनगढी– शनिबार कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको आईसियूमा राखेर उपचार गराइरहेका उनको बुधबार साँझ मृत्यु भएको हो। यसैगरी कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ।
काेहलपुर मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।
टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार राती मृत्यु भएको थियो। उनको मृत्युपछि बुधबार मात्र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए।
यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...