२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

मेयरको स्टाटस् अनुसार भारतबाट प्युठान पुगेका नेपालीमा कोरोना संक्रमण

बेदकोट नगरपालिका, कंचनपुरका मेयरले लेखे यस्तो स्टाटस

बेदकोट नगरपालिका कञ्चनपुरका मेयर अशोक चन्दले प्यूठानमा कोरोना संक्रमित व्यक्ति भेटिएको आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । उनको स्टाटसका अनुसार भारतबाट बनबासा, गड्डाचौकीनाका हुँदै प्युठान पुगेका नेपालीमा कोराना संक्रमण देखिएको छ
४÷५ दिन देखी ज्वरो आएका ति व्यक्ति अस्पताल नगएर घरमै बसेका थिए । छिमेकीले अस्पताल गएर चेकजाँच गर्न कर गर्दा पनि अस्पताल नगएपछि प्रहरीले नियन्त्रणमा लिई अस्पताल पु¥याउँदा कोरोना भाइरसको संक्रमण देखिएको स्टाटसमा लेखिएको छ । मेयर चन्दको स्टाटसमा तपाइलाई कहाँ बाट खबर आयो भन्ने प्रश्नमा उनले औपचारिक घोषणा नभएकोले स्रोत भन्न नमिल्ने बताएकाछन् ।
मेयर चन्दको स्टाटस यस्तो छ

पत्रकार साथीहरुलाई केही सुचना छ कि?
प्युठानमा एक जना 4 /5 दिन देखी जरो आएर नि हस्पिटल नगएर घरमा बसेका व्यक्तिलाई छिमेकीले धेरै कर गर्दा नि स्वास्थ्य जाँच गर्न मान्नु भएन त्यसपछि छिमेकीले प्रहरीमा रिपोर्ट गरे पछि प्रहरीले लगेर स्वास्थ्य चेक जाँच गर्दा कोरोना 19 को संक्रमण रहेको देखियो। कताबाट आएको भनेर सोधखोज गर्दा भारतबाट बनबासा – गड्डाचौकी सिमा (नाका)बाट आएको भनेर भनेको कुरा आएको छ।तर अहिले सम्म किन यो घटना बाहिर आएन? जनता जान्न चाहन्छन। यदि साँचो हो भने हामी यझै बढी सजग सतर्क र संवेदनशील हुनु पर्ने देखिन्छ।

नाकाबाट फर्किएका एकजना लुम्बिनी अस्पताल भर्ना

उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्किएका एक युवक लुम्बिनी अस्पतालमा भर्ना भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुशार आईतबार कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका युवकको लुम्बिनी अस्पतालमा उपचार भईरहेको छ ।
कोरोनाको संक्रमण देखीएको या नेखिएको भन्ने परीक्षण पस्चात नै पुष्टी हुने निमित्त प्रमुख प्रहरी निरिक्षक पुसनराज ढकालले बताए। हिजो मात्र प्यठान पुगेका उनलाई रूघाखोकी र ज्वरोको संत्रमण रहेकाले कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो। प्रहरी निरिक्षक ढकालका अनुसार अस्पतालले उनको नमुना संकलन गरी परिक्षणका लागि आज काठमाडौ पठाईएको छ ।
उनको गड्डाचौकी नाकामा स्वास्थ्य परिक्षण नगरिएको भेटिएको प्रहरीको भनाई छ । अस्पताल भर्ना भएका ति युवकले आफू परिक्षण नगरीकन घर पुगेको बताएका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र ४

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP