२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

डोटीका ३७ जनामा कोरोना संक्रमण : एकै दिन थपिए २० जना संक्रमित (पूर्ण विरण सहित)

डोटी– डोटीका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै डोटीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३७ जना संक्रमित मध्य ४ जना जिल्ला बाहिर रकेका छन् भने ३३ जना जिल्ला भित्रै रहेका छन् । आज पुष्टि भएका २० जनामध्य १७ जना शिखर नगरपालिकाका रहेका छन् भने २ जना आदर्श गाउँपालिका र एक जना पूर्विचौकी गाउँपालिकाका रहेका छन् ।

आज शिखर नगरपालिकाका वडा नं. ३ का ३९, ३५, ३४, ३२, २५, २१, १८, १८, २२, ३०, १८, २३, १८, २० बर्षीय पुरुष र ३५ बर्षीय महिला गरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिखर नगरपालिकाकै वडा नं. ६ का २४ र ४३ बर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित १७ जना मध्य १६ जना नगरपालिकाको आइसोलेसन र एक जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

त्यस्तै आदर्श गाउँपालिका वडा नं. २ का २१ बर्षीय पुरुष र वडा नं. ३ का ६२ बर्षीय पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै जना गाउँपालिकाको आइसोलेसनमा रहेकाछन् । त्यस्तै पूर्वीचौकी गाउँपालिका वडा नं. ७ का २१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनि पनि सम्बन्धित गाउँपालिकाको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस अघि शिखर नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुषमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितलाई १४ दिन जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको भन्दै उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । अहिले उनि होम क्वारेण्टाइनमा बसेका छन् ।

केआईसिंह गाउँपालिकाका ५ बर्षीय बालक, २८ बर्षीय पुरुष, २ बर्षीय बालिका र २७ वर्षीय महिलामा पनि यस अघि नै संक्रमण पुष्टि भएको थियो । भारतबाट आएर उनिहरु कैलालीस्थित गौरीगंगा नगरपालिकाको क्वारेण्टाइनमा बसेका थिए । हाल चारै जना गौरीगंगा नगरपालिकाको आइसोलेसनमा रहेकाछन् ।

त्यस्तै पूर्वीचौकी गउँपालिकाका ५ जनामा पनि यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । गाउँपालिकाको वडा ४ र वडा नं. ७ का पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु पनि गाउँपालिकाको आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सायल गाउँपालिकका वडा नं. २ का २१ बर्षीय महिला र वडा नं. ३ का २८ बर्षीय पुरुष, दिपायल सिलगढी नगरपालिका वडा नं. ८ का ३० र ३७ बर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमति चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने चारै जना सम्बन्धित स्थानिय तहको आइसोलेसनमा रहेका छन् ।

जोरायल गाउँपालिका वडा नं. २ का २६ बर्षीय महिला, ४२ बर्षीय पुरुष र सायल गाउँपालिकाका वडा नं. २ का ६० बर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । जोरायल गाउँपालिकाका संक्रमित गाउँपालिकाको आइसोलेसनमा रहेकाछन् भने सायल गाउँपालिकाका संक्रमित जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP