२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

लकडाउन अवधिमा सुदूरपश्चिम सरकारको ४ अर्ब खर्च

सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधिमा मात्र ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । चालू र पूँजीगत गरी उक्त खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, धनगढीको तथ्यांकले देखाएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख बजेट प्रस्तुत गरेको थियो । चालू र पूँजीगत गरी जेठ तेस्रो सातासम्म ९ अर्ब रुपैयाँ खर्च भएको लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार चालूतर्फ ५ अर्ब २ करोड ९९ लाख तथा पूँजीगततर्फ ४ अर्ब गरी कुल ९ अर्ब २ करोड ९९ लाख खर्च भएको छ ।

फागुन मसान्तसम्म चालूतर्फ २ अर्ब ५८ करोड खर्च भएकोमा लकडाउन अवधि ९चैत ११ देखि जेठ २६ सम्म० २ अर्ब ५२ करोड तथा पूँजीगततर्फ लकडाउन अघिसम्म २ अर्ब ३२ करोड र लकडाउन अवधिमा करिब २ अर्ब खर्च भएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार चैतमा १ अर्ब २५ लाख, वैशाखमा १ अर्ब ७५ लाख र जेठ २६ गतेसम्म १ अर्ब ७७ लाख खर्च भएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ ३०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP