२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

प्रतिनिधि सभाबाट १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पारित

काठमाडौं, जेठ २८ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गरेका थिए ।

बुधबार अर्थमन्त्री खतिवडाले पेश गरेको बजेट पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदहरु रहे भने नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीका सांसदले मत दिएनन् ।

प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभामा पनि छलफल गर्दै पारित गर्नुपर्ने हुन्छ । दुबै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ ।

बैठकले विभिन्न मन्त्रालयत शीर्षकमाथि सांसदहरुले राखेको २६ वटा खर्च कटौती प्रस्ताव भने अस्वीकृत गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ ।

सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ २८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP