२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

क्वान्टाइनमा लग्नु पर्ने ३९ जना नदीमा बेपत्ता : ६ जाको उद्धार

दैलेख । कालिकोटमा यात्रु बोकेको टिपर कर्णाली नदीमा खस्दा ३९ जना बेपत्ता भएका छन् ।

नरहरीनाथ गाउँपालिका–१ लालिबजारबाट रास्कोट जादै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो ।

६ जनालाई उद्धार गरिएको छ । भारतबाट आएका रास्कोट नगरपालिकाका जनतालाई रास्कोटतर्फ लांदै गरेको टिपर कर्णाली नदीमा खसेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेश बस्नेतले जानकारी दिए ।

सेना, प्रहरीले उद्धार जारी राखेका छन् । स्थानीयका अनुसार गाडी चालक र क्वोरेन्टिनमा बस्नका लागि लांदै गरेकाहरुबीच झगडा समेत भएको थियो ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ जेष्ठ २८

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP