२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

एमसीसी अनुमोदन नभए अमेरिकासँगको सम्बन्ध बिग्रिन्छ : अर्थमन्त्री

काठमाडाैं- अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभएमा नेपाल र अमेरिकाबीचको सम्बन्ध तोडिन सक्ने बताएका छन्।

मन्त्री खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट र योजनामाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी अनुमोदन गर्नै पर्ने बताएका हुन्। 

बैठकमा नेकपाकै सांसद भीम रावलले एमसीसी सम्झौता राष्ट्र हित विरोधी रहेकाले संशोधन गरेर मात्र पारित गर्नुपर्ने बताएका थिए। रावल नेकपामा एमसीसीका कडा आलोचक हुन्। अर्थमन्त्रीले भने सहायक सम्झौता सच्याउन सकिने बताए।

मन्त्री खतिवडाले भने, ‘एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन।’

उनले सम्झौता अर्थ मन्त्रालयले गरेकाले यसलाई अनुमोदन गर्नैपर्ने बताए। सम्झौता संसदमा विचाराधीन रहेको समाचार नेपाल समय डटकमले प्रकासन गरेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ २७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP