दिपायल – आइतबार दिपायल सिलगढी नगरपालिका– ४ को विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, डोटी वितरण केन्द्रले एक सूचना जारी गर्दैे आइतबार बिहान ६ः३० बजेदेखि १०ः०० बजेसम्म विद्युत् सेवा बन्द रहने जनाएको छ ।
डोटी वितरण केन्द्रका अनुसार ट्रान्सफर्मर जडान कार्य सम्पन्न गर्न विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गर्न लागिएको हो । दिपायल सिलगढी नगरपालिका–४ स्थित घट्टेखोला क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान कार्य गरिने भएकाले आइतबार केही स्थानमा अस्थायी रूपमा विद्युत् सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।
पालिकाको वडा नं. ४ स्थित सुनगडा, जोगिडाब्रे, कुलपाते, राजपुर, वल्लो कुमालिकोट र प्रितना क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने सूचनामा उल्लेख छ । यद्यपि, निर्धारित कार्य समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा तोकिएको समयभन्दा पहिले नै पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।
गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...