२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

नेपालका ७२ जिल्लामा कोरोना संक्रमण : संक्रमितको संख्या ४,०८५

आज (मंगलबार) नेपालमा कोरोना भाइरसका ३२३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ३२३ जनामा कोरोना पुष्टि भएको हो। यीमध्ये २९२ जना पुरुष र ३१ जना महिला छन्।

योसँगै कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ। यीमध्ये २८७ जना महिला छन् भने बाँकी पुरुष। हालसम्म १५ जनाको मृत्यु भएको छ भने ५८४ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ६ हजार ३३१ जनाको कोरोना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ जनाको परीक्षण भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ६५ हजार ७७५ जना छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा ३ हजार ४८७ जना छन्।

हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २७

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP