डोटी । नेपाल फोटो पत्रकार महासंघले डोटीका पत्रकारहरुलाई प्रेस जकेट र स्वास्थ्य सामग्री वितरण गरेको छ । महासंघको डोटी शाखा मार्फत पत्रकारहरुलाई स्वास्थ्य सामग्री र जकेट वितरण गरेको छ ।
जिल्लामा क्रियाशिल २५ जना पत्रकारहरुलाई जकेट र ३० जना पत्रकारहरुलाई प्रति व्यक्ति एउटा अउरा सेनेटाइजर र मास्कहरु वितरण गरेको हो । प्रेस जकेट महासंघको प्रदेश र केन्द्रीय समितिको समन्वयमा जिल्ला शाखा डोटीले वितरण गरेको हो । त्यस्तै स्वास्थ्य सामग्री प्रेस युनियन डोटीका अध्यक्ष प्रकास बमको समन्वयमा मानवीय सेवामा अनेकौं प्रयास, कैलालीका अध्यक्ष तथा समाजसेवी भक्तराज जोशीले उपलब्ध गराएको नेपाल फोटो पत्रकार महासंघ डोटी शाखा अध्यक्ष पवन महराले बताए ।
नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष विवेक नागरीले डोटीमा आएर डोटी शाखाका अध्यक्ष महरालाई जकेट हस्तान्तरण गरेका हुन् । जकेट हस्तानतरण गर्दै प्रदेश अध्यक्ष नागरीले लकडाउन तथा संकट बेला पत्रकारहरु रिपोर्टिङ्गमा जाँदा सुचाना संकलन गर्न सहज होस् भनेर जकेटहरु वितरण गरिएको बताए ।
डोटी शाखा अध्यक्षले महराले पहिलो चरणमा शाखालाई २५ वटा जकेट मिलेकाले जिल्ला कार्य समितिका पदाधिकारी, सल्लाहकार समतिका पदाधिकारी र जिल्लामा क्रियाशिल केही पत्रकारहरुलाई जकेट वितरण गरिएको बताए । दोस्रो चरणमा छुटेका जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि पनि जकेटको व्यवस्था गरिने बताए ।
अध्यक्ष महराले सामग्री बुझ्दै शाखालाई जकेट उपलब्ध गराउने प्रदेश तथा केन्द्रीय कार्यसमिति र स्वास्थ्य सामग्री उपलब्ध गराउने समाजसेवी जोशीलाई धन्यबाद ज्ञापन गरेका थिए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...