२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिममा १०९ जनामा कोरोना संक्रमण : दुई जनाको मृत्यु

डोटी । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । कोरोना भाइरसका कारण दुई जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

शनिबार साँझ धनगढी प्रयोगशालाको रिपोर्ट अनुसार कैलालीका थप ४ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या एक सय ९ पुगेको हो । यसअघि शनिबार नै १३ जनामा कोरोना पुष्टि भएकोमा साँझ थप चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

नयाँ संक्रमित चारै जना कैलालीको गौरगिंगा नगरपालिकाका छन् । नगरपालिकाका १६, १८, २७ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसअघि आज नै बझाङका ६, कैलाली र काठमाडौँका २÷२, अछाम, कञ्चनपुर, डडेल्धुराका १÷१ जनामा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका एक सय ९ जना संक्रमित मध्ये एक सय ५ जना प्रदेशभित्रै रहेका छन् भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ । जेठ २३ गते राती धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की एक महिलाको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो । उनको दाहसंत्रस्कार पछि २४ गते साँझ मात्रै कारोना रिपोर्ट आएको थियो । यस्तै यस अघि कोरोना भाइरसका कारण जेठ १८ गते पहिलो पटक बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । उनको पनि मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। संक्रमित मध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

सबैभन्दा बढि कैलालीका ४६ जना, अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७र७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ जेष्ठ २५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP