२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

डोल्पामा चार दिनअघि मृत्यु भएका पुरुषमा पनि कोरोना पुष्टि

डोल्पामा कोरोनाभाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यही जेठ १८ गते नेपालगन्जबाट डोल्पा पुगेका उनलाई ‘क्वारेन्टिन’मा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए । पछि उनलाई ‘होम आइसोलेसन’मा राखिएको थियो ।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा ‘पीसीआर’ परीक्षणका लागि पठाइएको थियो ।

शनिबार उनको पीसीआर परीक्षणको ‘रिपोर्ट पोजिटिभ’ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मंगल रावतले जानकारी दिए ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २४

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP