२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १०५ पुग्यो : दुई जना संक्रमित प्रदेश बाहिरका

शिस डेस्क- सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । धनगढी प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा १३ जना नयाँ संक्रमित थपिए सँगै संक्रमितको संख्या १ सय ५ पुगेको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बझाङका ६ जना, डडेल्धुरा, अछाम, कञ्चनपुरका १÷१ जना, कैलाली र काठमाण्डौं २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा बझाङको खप्तडछान्ना गाउँपालिकाका २५, ३८, ५७ र ७० वर्षीय पुरुष, ४०, ४० वर्षीया महिला रहेका छन् ।

त्यस्तै अछामको मंगलशैसन नगरपालिका वडा नम्वर १ की ५२ बर्षीया महिला, नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया सुत्केरी महिला, धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

कैलालीको गोदावरी नगरपालिका ४१ बर्षीय पुरुष, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ बर्षीय पुरुष र काठमाडौँका ३८ र १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २४

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP