२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

डोटीका एक जना सहित सुदूरपश्चिमका थप १८ जनामा कोरोना पुष्टि

डोटी- डोटीका एक जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेण्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै सुदूरपश्चिममा एकै दिन १८ जनामा कोरोना पुष्टि भएको हो ।

कैलाली जिल्लामा मात्रै १४ जनामा कोरोना पुष्टि भएको छ । अछाम, बैतडी र कञ्चनपुरका एक÷एक पुरुष समेत आजै कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशाला मार्फत गरिएको परीक्षणमा सुदूरपश्चिमका १८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

संक्रमित हुनेमा १५ जना पुरुष र तीन जना महिला रहेका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP