डोटी — जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी मृत अवस्थामा फेला परेका छन्। बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय प्रेमबहादुर बोगटी मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार बिहान करिब १०ः३५ बजे बोगटीलाई अस्पतालको शौचालयमा अस्पतालमै कार्यरत कर्मचारीले बेहोस अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि इमर्जेन्सी कक्षमा लगिएको थियो। चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने क्रममा बिहान १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दिपायल – समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको...