दिपायल – समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले सुदूरपश्चिम लगायत देशभरका ५५ जिल्लामा संयोजक तोकेको हो ।
डा. कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन् । यही असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको उक्त समूहले सुदूरपश्चिम लगायत ५५ जिल्लामा संयोजक तोकेको नेता एनपी साउदले जानकारी दिए ।
साउदका अनुसार सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएकाे छ । डोटीमा नरेन्द्रबहादुर सिंह, बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु संयोजक तोकिएका छन् ।
कञ्चनपुरमा संयोजक तोकिएका बोगटी र डोटीमा संयोजक तोकिएका सिंह यअसघि नै जिल्ला सभापति थिए । उनीहरु अहिले संस्थापन विरोधी कित्तामा उभिएका हुन् । संस्थापन पक्षले जिल्ला सभापतिहरु जिम्मेवारी खोसेर अधिवेशन अघि बढाएको थियो ।
कैलालीमा राम समझ रानालाई सहसंयोजक तोकिएको छ । संयोजकहरूले जिल्लाबाट इतर समूहका गर्नुपर्ने आवश्यक काम गर्नेछन् ।
समूहले अछाम जिल्लामा भने हालसम्म संयोजक तोकेको छैन ।
दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...