२०८३ श्रावण ८, शुक्रबार
July 24, 2026, Friday

हातहतियार मुद्दाका फरार प्रतिवादी बैतडीबाट पक्राउ

हातहतियार मुद्दाका फरार प्रतिवादी बैतडीबाट पक्राउ

बैतडी – हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार सम्मानित जिल्ला अदालत बैतडीको फैसलाअनुसार हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा २१ दिन कैद र रु. ५ हजार जरिवाना सजाय तोकिएका दोगडाकेदार गाउँपालिका–८ निवासी ५३ वर्षीय अमरबहादुर बिष्टलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका बिष्टलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

Related News

कांग्रेसमा बढ्दो आन्तरिक विवाद : ‘हामीलाई नजरअन्दाज गरियो भने पाइला रोकिने छैन’ – वीरबहादुर बलायर
कांग्रेसमा बढ्दो आन्तरिक विवाद : ‘हामीलाई नजरअन्दाज गरियो भने पाइला रोकिने छैन’ – वीरबहादुर बलायर
  • २०८३ श्रावण ६

कांग्रेसमा बढ्दो आन्तरिक विवाद : ‘हामीलाई नजरअन्दाज गरियो भने पाइला...

TOP