२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

अविरल वर्षाले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा, विस्थापित सुकुमवासीको बिचल्ली

अविरल वर्षाले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा, विस्थापित सुकुमवासीको बिचल्ली

काठमाडौं – अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू समस्यामा परेका छन्।

लगातारको वर्षापछि होल्डिङ सेन्टरका कोठाभित्र पानी पसेर बन्दोबस्तीका सामान, लत्ताकपडा तथा दैनिक उपभोगका सामग्री डुबेका छन्। रातिको बाढीका कारण अधिकांशले आफ्ना सामान सुरक्षित स्थानमा सार्ने अवसरसमेत पाएनन्।

सेन्टरमा आश्रित गिर्वाणिका थापाका अनुसार पानी घुँडाभन्दा माथिसम्म पुगेकाले सामान जोगाउन नसकिएको हो। कतिपयले अत्यावश्यक औषधिसमेत निकाल्न नपाएको उनले बताइन्।

विस्थापितहरूले विपद् सुरु भएको लामो समय बितिसक्दा पनि समयमै उद्धार नपुगेको गुनासो गर्दै तत्काल प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

हाल सुरक्षाकर्मीहरूले डुङ्गाको प्रयोग गरी होल्डिङ सेन्टरभित्र रहेका सामान सुरक्षित स्थानमा निकाल्ने प्रयास गरिरहेका छन्। स्थानीयका अनुसार राति करिब २ बजेतिर मात्रै सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।

Related News

बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
  • २०८३ असार २७

  दिपायल – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण...

TOP