२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

नेपालमा ९०१ जनामा कोरोना संक्रमण : पाँचको मृत्यु, १८३ डिस्चार्ज

नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

नेपालमा संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालय प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

कोरोना संक्रमितमध्ये १८३ जना निको भएका छन् ।


Related News

अछाममा भीम रावल पराजित,  २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
अछाममा भीम रावल पराजित, २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
  • २०७७ जेष्ठ १४

अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १...

TOP