२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला, टोपबहादुर रायमाझी दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला, टोपबहादुर रायमाझी दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै पूर्वउपप्रधानमन्त्री तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित विभिन्न प्रतिवादीलाई दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलाअनुसार यस प्रकरणका मुख्य प्रतिवादी मानिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन्। अदालतले अन्य अभियोग भने पुष्टि नभएको भन्दै उनलाई सरकारी लिखत किर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा सफाइ दिएको छ।

अदालतका अनुसार रामशरण केसीबाट दुई करोड रुपैयाँको चेक लिएको, तर खातामा पर्याप्त मौज्दात नभएकाले चेक साट्न नसकिएको तथ्यका आधारमा बेचन झाले ठगीसम्बन्धी कसुरको उद्योग गरेको पुष्टि भएको हो।

झाको सजाय निर्धारणका लागि २०८३ असार २९ गते पेशी तोकिएको छ। त्यसअघि सजायपूर्वको प्रतिवेदन पेश गर्न अदालतले आदेश दिएको छ।

फैसलाअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा मतियार रहेको ठहर गरिएको छ।

त्यस्तै, पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, एकीकृत कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरिएको अदालतले जनाएको छ।

यसैगरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय सचिव केशवप्रसाद दुलाललाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ। शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जनालाई लिखत किर्ते कसुरमा दोषी ठहर गरिएको छ।

अदालतले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भनिने गोविन्दकुमार चौधरी, आडटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीले ठगी तथा संगठित अपराधसम्बन्धी अभियोग गरेको ठहर गरेको छ।

उक्त मुद्दामा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीसहित सात जनाले भने सफाइ पाएका छन्।

अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय भने तत्काल निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि छुट्टै पेशी तोकिने जनाइएको छ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार २४

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP