२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

काममा लापरबाही गर्ने ठेकेदारसँग पुष्पलाल राजमार्गको ठेक्का रद्द

काममा लापरबाही गर्ने ठेकेदारसँग पुष्पलाल राजमार्गको ठेक्का रद्द

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सिख्खा, रामेछापले निर्माण कार्यमा चरम लापरबाही गरेको ठहर गर्दै ‘खाम्पाचे–नील जेभी’ सँग गरिएको ठेक्का सम्झौता रद्द गरेको छ।

लामो समयदेखि निर्माण कार्य अलपत्र पार्नुका साथै सम्पर्कविहीन बनेपछि रामेछाप जिल्लाको खुर्कोट/सेलेघाट–राकाथुम खण्डस्थित सित्खा खोलामा निर्माणाधीन ३५ मिटर लामो प्रि-स्ट्रेस्ड पुलको ठेक्का रद्द गरिएको योजना कार्यालयले जनाएको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीलाई पटक–पटक मौखिक तथा लिखित रूपमा निर्माण कार्य सुचारु गर्न निर्देशन दिइएको भए पनि कुनै प्रगति नभएको जनाएको छ। गत फागुन १० गते सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग गरिए पनि ठेकेदार कम्पनीले त्यसमा समेत कुनै प्रतिक्रिया नदिएको कार्यालयको भनाइ छ।

सम्झौताअनुसार काम नगरी निर्माण स्थल अलपत्र छाडेको तथा ‘फन्डामेन्टल ब्रीच अफ कन्ट्रयाक्ट’ (सम्झौताको गम्भीर उल्लंघन) गरेको निष्कर्षसहित सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको योजना प्रमुखले जानकारी दिएका छन्।

ठेक्का रद्द भएसँगै कार्यालयले हालसम्म सम्पन्न भएको निर्माण कार्यको नापजाँच तथा वित्तीय फरफारकका लागि निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया स्वतः अगाडि बढाइने कार्यालयले चेतावनी दिएको छ।

योजना कार्यालयका अनुसार ठेक्का रद्दपछि बाँकी निर्माण कार्य प्रचलित ऐन तथा नियमावलीअनुसार अघि बढाइने तथा ‘पोस्ट टर्मिनेशन’ सम्बन्धी प्रक्रिया पनि सुरु गरिनेछ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार २४

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP