२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

बालश्रममुक्त स्थानीय तहको सूचीमा सुदूरपश्चिमका दुई पालिका, कैलालीको नवजीवन अस्पताल पनि सम्मानित

बालश्रममुक्त स्थानीय तहको सूचीमा सुदूरपश्चिमका दुई पालिका, कैलालीको नवजीवन अस्पताल पनि सम्मानित

काठमाडौं – बालश्रम निवारण र श्रम मर्यादा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सरकारले सुदूरपश्चिमका दुई स्थानीय तह र कैलालीस्थित एक अस्पताललाई सम्मान गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘बालश्रममुक्त स्थानीय तह घोषणा तथा सम्मान कार्यक्रम’ मा देशभरका १३ स्थानीय तहलाई बालश्रममुक्त मापदण्ड पूरा गरेको भन्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको हो। तीमध्ये सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तह पनि सम्मानित भएका छन्।

यसैगरी, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने औद्योगिक तथा सेवा प्रतिष्ठानमध्ये कैलालीको नवजीवन अस्पताल पनि सम्मानित भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले २२ वटा सूचकका आधारमा देशभरका ६ प्रतिष्ठान छनोट गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालबालिकाको स्थान श्रम बजार नभई विद्यालय र खेलमैदान हुनुपर्नेमा जोड दिए। उनले सबै स्थानीय तहलाई बालश्रममुक्त घोषणा अभियानमा सक्रिय हुन आग्रह गर्दै सरकारले प्रोत्साहनस्वरूप बालश्रममुक्त घोषणा गर्ने स्थानीय तहलाई ३ लाख रुपैयाँ र घोषणा पश्चात् थप २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए।

मन्त्री यादवले श्रमिकको सुरक्षा, कानुनको पालना र बालश्रम अन्त्यबाट मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने उल्लेख गर्दै उत्कृष्ट स्थानीय तह र प्रतिष्ठानले अन्यलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गरी रोजगारी सिर्जना गरेका सात जना उद्यमीलाई पनि ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गरिएको थियो।

 

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार १९

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP