२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

ओलीको दाबी : ‘बालेन नेतृत्वको सरकार आफैँ ढल्छ’

ओलीको दाबी : ‘बालेन नेतृत्वको सरकार आफैँ ढल्छ’

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार धेरै समय टिक्न नसक्ने दाबी गरेका छन्। उनले सरकार ढाल्ने तत्वहरू सरकारभित्रै रहेको भन्दै वर्तमान सरकार आफैँ ढल्ने बताएका हुन्।

पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार ‘चटक’ को भरमा बनेको र त्यही आधारमै अन्त्य हुने टिप्पणी गरे।

उनले भने, ‘अहिलेको सरकार कसैले नढालेपछि ढाल्ने तत्त्वहरू त्यहीँ पुगेका हुन्छन्, ढल्छ, जान्छ। यो चटकको भरमा आएको, चटककै भरमा जान्छ।’

ओलीले सरकार परिवर्तनको प्रतीक्षा गरेर मात्रै बस्न नहुने धारणा पनि राखे। सरकार लामो समय टिके देश र लोकतन्त्रमाथि नकारात्मक असर पर्ने उनको भनाइ थियो।

‘तर त्यो पर्खिएर बस्यौँ भने त्यसले देश बर्बाद पारिसकेको हुन्छ। लोकतन्त्र बर्बाद गरिसक्छ। त्यसैले परिवर्तन पर्खिने चिज होइन,’ उनले भने।

अध्यक्ष ओलीको यो अभिव्यक्ति पछिल्लो राजनीतिक घटनाक्रमका बीच आएको हो। उनले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै सरकारभित्रकै असन्तुष्ट शक्तिका कारण सरकार टिक्न नसक्ने दाबी गरेका छन्।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार २०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP