२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

इन्धनको मूल्य घटेपछि उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको आग्रह

इन्धनको मूल्य घटेपछि उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको आग्रह

काठमाडौं, १९ असार — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य तत्काल समायोजन गर्न व्यवसायीहरूलाई औपचारिक आग्रह गरेको छ।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुग्ने सुनिश्चित गर्न विभागले प्रेस विज्ञप्ति जारी गर्दै खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्रीलगायत सबै वस्तु तथा सेवाको मूल्य घटाउन व्यवसायीलाई आग्रह गरेको हो।

विभागका अनुसार मध्यपूर्वमा उत्पन्न संकटका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएसँगै निगमले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। इन्धनको मूल्य घटेसँगै ढुवानी लागत पनि कम हुने भएकाले बजार मूल्यमा त्यसको प्रभाव देखिनुपर्ने विभागको भनाइ छ।

मन्त्री यादवले इन्धनको मूल्य घटे पनि बजारमा वस्तु तथा सेवाको मूल्य नघट्ने, कृत्रिम अभाव सिर्जना हुने वा अनावश्यक मूल्यवृद्धि हुन सक्ने अवस्थाप्रति सचेत रहन विभागलाई निर्देशन दिएका छन्।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु राज्य र निजी क्षेत्र दुवैको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको प्रभाव बजारमा स्पष्ट देखिने गरी मूल्य समायोजन गर्न व्यवसायीलाई आग्रह गरेको छ।

साथै, मन्त्री यादवले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन र इन्धनको मूल्य घट्दा पनि पुरानै मूल्य कायम राख्ने वा अनुचित रूपमा मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही अघि बढाउन विभागलाई निर्देशन दिएका छन्।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार २०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP