२०८३ असार २२, सोमबार
July 6, 2026, Monday

सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट उपकुलपति नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट उपकुलपति नियुक्त

काठमाडौं, १९ असार — प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका उम्मेदवारमध्येबाट उपकुलपतिहरू नियुक्त गरिएको हो।

सुदूरपश्चिमका लागि महत्वपूर्ण मानिएको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भएका छन्।

यस्तै, त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. भोला थापा, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारीपूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै विश्वविद्यालयलाई निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले सञ्चालन गर्न निर्देशन दिएका छन्।

मन्त्री पोखरेलले सबै विश्वविद्यालय तथा सम्भव भएका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी रूपमा अनिवार्य लागू गर्न र विश्वविद्यालय तथा क्याम्पस परिसरमा रहेका ट्रेड युनियनका ब्यानर हटाउन समेत निर्देशन दिएका छन्।

शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको गरिमा कायम राख्दै इमानदार, निष्पक्ष र उत्तरदायी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related News

ओलीको दाबी : ‘बालेन नेतृत्वको सरकार आफैँ ढल्छ’
ओलीको दाबी : ‘बालेन नेतृत्वको सरकार आफैँ ढल्छ’
  • २०८३ असार २०

ओलीको दाबी : ‘बालेन नेतृत्वको सरकार आफैँ ढल्छ’ काठमाडौं —...

TOP