२०८३ आश्विन १७, शनिबार
October 3, 2026, Saturday

अलैंची निर्यातबाट नेपालले कमायो रु १२ अर्बभन्दा बढी

अलैंची निर्यातबाट नेपालले कमायो रु १२ अर्बभन्दा बढी

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ठूलो अलैंची निर्यातबाट हालसम्मकै उच्च रु १२ अर्ब १ करोड आम्दानी गरेको छ।

उक्त अवधिमा नेपालबाट ६ हजार ३४ टन ठूलो अलैंची निर्यात भएको हो। भारत, पाकिस्तान तथा मध्यपूर्वका देशहरूमा बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहँदा निर्यात आम्दानीले नयाँ कीर्तिमान कायम गरेको हो।

यद्यपि निर्यातको परिमाण विगतका केही वर्षको तुलनामा कम रहे पनि राम्रो मूल्य प्राप्त भएकाले कुल आम्दानी ऐतिहासिक रूपमा उच्च भएको जनाइएको छ।

ठूलो अलैंची नेपालको प्रमुख कृषि निर्यातजन्य वस्तुमध्ये एक हो। नेपाल विश्वकै सबैभन्दा ठूलो ठूलो अलैंची निर्यातकर्ता देशका रूपमा परिचित छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा निरन्तर माग कायम रहँदा आगामी दिनमा पनि अलैंची निर्यातले नेपालको कृषि तथा वैदेशिक व्यापार क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Related News

जिल्ला अस्पताल डोटीमा कार्यरत अहेब मृत फेला
जिल्ला अस्पताल डोटीमा कार्यरत अहेब मृत फेला
  • २०८३ असार १७

  डोटी — जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी मृत...

TOP