धनगढी- धनगढी उप–महानगरपालिकाले सामाजिक दुरी कायम गर्दै क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुलाई योग अभ्यास र स्वास्थ्य सम्वन्धी ज्ञान सिकाउने भएको छ ।
मंगलबार धनगढी उप–महानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसका लागि क्वारेन्टाईनमै योग प्रशिक्षकहरुलाई खटाईने भएको छ । धनगढी उप–महानगरपालिकाले आफै तालिम दिएर यस अघि नै विद्यालयका ३० जना शिक्षकहरुलाई योग प्रशिक्षक तयार गरेको छ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, उनिहरुलाई नै परिचालन गरिने छ । प्रशिक्षकहरुले बिहानको समयमा योग अभ्यास गराउने छन् । यसले उनिहरुमा स्फूर्ती ल्याउने छ ।
त्यसैगरी क्वारेन्टाईनमा रहेकाहरुलाई स्वास्थ्य सम्वन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मीहरु पनि परिचालन गरिने उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन । भट्टका अनुसार स्वास्थ्यकर्मीले कोरोना लगायत अन्य रोग रोकथामका उपाय, सरसफाई र क्वारेन्टाईनमा रहेकाहरुको मनोवल उच्च बनाउने किसिमका ज्ञान दिने छन् ।
धनगढी उप–महानगरपालिकाका १९ वटा क्वारेन्टाईनमा ३ सय १० जना रहेका छन् । क्वारेन्टाईन ब्यबस्थापन उप–समिति संयोजक नारायण प्रसाद बरालका अनुसार यो मंगलबार दिउसो सम्मको रेकर्ड हो संख्या थपिन सक्छ ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...