२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

मुख्यमन्त्रीका स्वकिय सचिवको गलत प्रचारका कारण समस्या निम्तियो : डा. रावल

कैलाली । प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रण बहादुर रावलले मुख्यमन्त्रीका स्वकीय सचिवको गलत प्रचारका कारण थेग्नै नसक्ने गरी प्रवासीहरु भित्रिएको बताए । सुदूरपश्चिम प्रदेश सभामा उनले स्वकीय सचिव प्रख्यातको गैर जिम्मेबारी पूर्ण टेलिफोन बार्ता भाइरल भएपछि सरकारले धान्नै नसक्नेगरी भारतमा रहेका नेपाली एक्कासी भित्रिने क्रम जारी रहेको बताएका हुन् ।

नेता रावलले भारतमा रहेका नेपालीहरु हतासमा भिडभाडका बीच आउन नचाहँदा नचाहँदै फोन बार्ताको भरमा ज्यान जोखिममा राखेर भाडाको गाडी चढेर सीमानामा पुगेकाले व्यवस्थापनमा समस्या भएको बताए । उनले प्रदेशको जिम्मेवार ब्यक्ती मुख्यमन्त्रीको स्वकिय सचिवका कारण हुलका हुल नेपाली सिमामा पुगेको बताउँदै उनिहरुलाई ब्यवस्थापन गर्न निकै समस्या श्रृजना भएको र प्रदेश सरकारले व्यवास्ता गरेको आरोप लगाए ।

सरकारको कुनै निर्णय र तयारी विना गरिएको गलत प्रचारका कारण दैनिक २ हजार देखी ५ हजार सम्म दिनहुँ सिमाबाट स्वदेश फर्किरहेको बताउँदै रावलले यस्तै अवस्था रहे ३ देखी ५ लाख सम्म नागरिक स्वदेश फर्किन सक्ने बताए । अब प्रदेशस सरकारले प्रवासबाट आउने नेपालीहरुको स्वास्थ्य परिक्षण, उनिहरुको व्यवस्थापन, भाइरसको संक्रमण रोकथाम तथा उनिहरुको रोजगारीको ग्यारेन्टी लिनुपर्ने नेता रावलको भनाई थियो ।

सरकार आफुले निकै काम गरेको जस्तो लागेको होला रावलले भने,‘जनताले सरकार छ की छैन, छ भने कहाँ छ भनेर प्रश्न गर्न थालेका छन् ।’ ‘जनतालाई एउटा स्थानिय तह बराबर काम देखाउन नसक्ने यो प्रदेश सरकार किन आवश्यक ?’ रावलले प्रश्न गरे ।

लकडाउनका कारण भारतमा समस्यामा परेका प्रवासीहरु नेपाल आउनु भन्दा पहिला मुख्यमन्त्रीका स्वकीय सचिव प्रख्यात संगको कुराकानी भाइरल भएको थियो । टेलीफोन बार्तामा उनले सीमा सम्म सबै आइरहेकै छन् तपाइहरु पनि आउनुस् भनेर बोलाएका थिए । त्यो बेला सम्म संघ, प्रदेश र स्थानिय सरकारले कुनै पनि तयारी, योजना बनाएका थिएनन् । एक्कासी प्रवासीहरु दैनिक हजारौंको संख्यामा आउन थालेपछि स्थानिय सरकारलाई व्यवस्थापनमा समस्या भएको छ ।

सीमा नजिकै रहेको प्रदेश सरकारले वास्ता नगर्दा स्वास्थ्य परिक्षण विना स्थानिय सरकारले आ–आफ्ना नागरिकहरुलाई जोखिमा बीच गाडीको व्यवस्था गरी सम्बन्धित पालिकामा पुर्याउने गरेकाछन् । एक साथ धेरै जना भित्रीदा व्यवस्थापनमा हम्मेहम्मे परेको स्थानिय सरकारका प्रमुख बताउँछन् । परिक्षण विना भित्र्याउदा जोखिम बढेको भन्दै स्थानियहरु त्रसित छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP