दिपायल – सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले पुस्तकालय समृद्ध भए मात्र समाज सुदृढ हुने बताए । अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको १६ साधारणसभा तथा चुनाबी अधिवेसनको उद्घाटन गर्दै उनले पुस्तकालय समृद्ध भए मात्र समाज सुदृढ हुने बताएका हुन् ।
शनिबार शुरू भएको अधिवेसनको एक भव्य समारोह बीच जोशीले उद्घाटन गरेका हुन् । पुस्तकालय ज्ञानको भण्डार भएको बताउदै उनले प्रतिभा सामुदायिक पुस्तकालयले अत्तरियामा रहेर ज्ञान र चेतनाको क्षेत्रमा महत्वपूर्ण कार्य गरिरहेकोमा प्रशंसा गरे । सरकारले प्रत्येक वडामा सार्वजनिक पुस्तकालय स्थापना गर्ने नीति लिन आवश्यक रहेको उनको भनाइ थियो ।
समुन्नत समाजका लागि सार्वजनिक पुस्तकालय अपरिहार्य छ,” डा. जोशीले भने,” त्यसका लागि पुस्तकालयलाई राजनीतिक क्रीडास्थल बनाउनबाट मुक्त राख्न जरूरी छ । शिक्षाप्रेमी, संस्कृतिप्रेमी र सकारात्मक सोच भएका ब्यक्तिले यसको नेतृत्व लिनु पर्छ । त्यसो भयो भने पुस्तकालय समृद्ध हुन्छ र समृद्ध पुस्तकालयले सुदृढ समाज निर्माण गर्छ ।
प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्व मेयर हरिसिंह साउँद, सीताराम जोशी, पूर्व उपमेयर रत्ना कडायत, गेटा मेडिकल विश्वविद्यालयका सभा सदस्य डा. डम्मर पाल, दुर्गालक्ष्मी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायत, पुस्तकालयका उपाध्यक्ष योगेन्द्र हमाललगायतले शुभकामना राखेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पराज जोशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष धर्म कुँवरले लेखा प्रतिवेदन पेश गरेका थिए।
अधिवेसन उद्घाटन पछि भएको निर्वाचन प्रकृयामा अध्यक्ष पदमा तीन जनाको, उपाध्यक्षमा दुइ जनाको सचिवमा दुई जनाको र कोषाध्यक्षमा पनि दुई जनाको उमेदबारी परेको निर्वाचन समितिले जनाएको छ।
सर्वसम्मत गर्ने प्रयास भैरहेको र नभए भोलि बिहानदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...