२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

रेशम नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा : चुनाव चिन्ह जाँतो, अध्यक्ष कबीर सोप

दिपायल – रेसम चौधरीले नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढाएका छन्। पत्नी रञ्जिता श्रेष्ठसँगको द्वन्द्वकै बिच उनले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ दल दर्ता गरेका हुन् ।

चौधरी बिहीबार नयाँ दल दर्ताको प्रक्रिया सुरु गर्न निर्वाचन आयोग पुगेका हुन्। यसअघि रञ्जिता अध्यक्ष र रेसम संरक्षक रहेको पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी(नाउपा) थियो भने रेशमले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक नयाँ दल दर्ता गराएका हुन् । नयाँ पार्टीको अध्यक्षमा कबीर सोप रहनेछन् ।

नयाँ दल दर्ता गर्न रेसमसहित डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन्। उनीहरूसँगै दर्जन बढी नेताकार्यकर्ता आयोग पुगेका देखिन्छन्। सार्वजनिक तस्बिरहरूमा उनीहरू सबैले एकै प्रकारको ज्याकेट लगाएर गएका छन्।

रेसमले नयाँ दलको चुनाव चिन्ह जाँतो राखेका छन् ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०८२ कार्तिक १३

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP