दिपायल – डोटीमा जङ्गली जनावर भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ९ मसुन्तोलाका २६ वर्षीय भीम साउँद घाइते भएका हुन् ।
सोमबार बिहान ८ बजेको समयमा घर नजिकै रहेको खेतमा बाँदर धपाउन गएका साउँदलाई भालुले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइते साउँदको बायाँ तिघ्रामा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...