२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

सम्झना मृत्यु प्रकरणः ६ दिनपछि अन्त्येष्टि, चार जना पक्राउ


दिपायल, साउन २३ गते । आफ्नै कोठामा मृत भेटिएकी १७ वर्षीया सम्झना भट्टको ६ दिनपछि अन्त्येष्टि गरिएको छ । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी भट्टको शुक्रबार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो ।

१८ साउनमा भट्ट झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । माइती पक्षले आत्महत्या नभई हत्या भएकाले परिवारका सदस्यमाथि छानबिन गरेर कारबाहीको माग अघि सार्दै आएका थिए । मृतक भट्टका माइती पक्षले दिदीसासू पक्राउ नगरेको भन्दै छ दिनसम्म शव बुझ्न मानेका थिएनन् ।

घटनाको सत्यतथ्य छानबिन गर्ने प्रहरीले आश्वासन दिएपछि अन्त्येष्टि गरिएको हो । प्रहरीले घटनाको अनुसन्धानको लागि श्रीमान् पवन भट्ट, ससुरा हरि, सासू किरण र दिदीसासूलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सम्झना र पवनको प्रेम विवाह भएको छ महिना मात्रै भएको थियो । विवाहलगत्तै निरन्तर घरमा हुने झैझगडा कलहकै कारण सम्झनालाई गुमाउनुपरेको माइती पक्षको भनाइ छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ श्रावण २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP