२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

डोटीमा जीप दुर्घटना : ९ जना घाइते 

दिपायल, जेठ २१ गते । डोटीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ७ उडीतोला स्थित भित्री सडकमा जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बगलेकबाट जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१ ००१ च ०२४४ नम्बरको जीप बुधबार बिहान १० : २५ बजेको समयमा दुर्घटना भएको हो । गाडीको ब्रेक फेल दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा सायल गाउँपालिका – ४ भल्मा बस्ने वर्ष २५ की पदमा बिष्ट, सायल गाउँपालिका – ३ कचाली बस्ने वर्ष ६० की हरु बयाडी, सोही ठाउँका वर्ष २१ को यदु बयाडी घाइते भएका छन् ।
त्यस्तै, पूर्वीचौकी गाउँपालिका – २ ठाकरा बस्ने वर्ष ३५ को गोविन्द ओली, सोही ठाउँकी वर्ष ४० की कुन्ती नेपाली, वर्ष ४० की हर्का देवी साउँद, वर्ष ४० की कलु साँउद , वर्ष ५० की गोलमा देवी दमाई र वर्ष ३० को बाजी दमाई घाइते भएका हुन् ।
घाइतेहरुको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र कुमार पालले जानकारी दिए ।
आईतबार मात्रै जिल्लाको केआइसिंह गाउँपालिका – ५ केदार गाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८२ जेष्ठ २१

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP