
दिपायल, जेठ २ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरुको टोली शुक्रबार डोटीमा बास बस्ने भएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान अन्तरगत शीर्ष नेताहरुको टोली शुक्रबार साँझ डोटी पुग्ने र सो दिन सर्वसाधारण जनताहरुको घरमा बास बस्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले जनाएको छ ।
शुक्रबार बैतडीको पाटनबाट सुरु भएको “जनतासँग माओवादी जागरण अभियान”मा भाग लिन सुदूरपश्चिम पुगेका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दकिशोर पुन पासाङ, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायतका नेताहरू डोटीका नेता, कार्यकर्ता तथा सर्वसाधारण जनाताहरुको घरमा बास बस्ने छन् ।
अभियानमा सहभागी सबै नेताहरु आज साँझ डोटी पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्र डोटीका संयोजक कमल बहादुर गड्सिलाले बताए । अभियानमा सहभागी सबै शिर्ष नेताहरु फरक–फरक नेता, कार्यकर्ता तथा सर्वसाधारण जनताहरुको घरमा बास बस्ने र जनताका समस्या र पार्टीका मुद्दाहरुमा केन्द्रित रहने कार्यक्रम रहेको उनले बताए ।
जनताहरुसँगको सम्वन्ध सुदृढ गर्ने उद्येश्य सहित शिर्षनेताहरुसँगै अभियानमा सहभागी प्रदेश तथा जिल्ला तहका नेताहरुसमेत स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारण जनाताको घरमा बासबस्ने गरी कार्यक्रम तय गरिएको प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कर्ण चन्दले जानकारी दिए ।
संयोजक गड्सिलाका अनुसार अनुसार शनिबार विहान ५ बजे देखी ६ बजे सम्म पिपल्ला, दिपायल देखि गोद्रेखोलासम्म मोर्निङवाक कार्यक्रम तय गरिएको छ भने बिहान ७ बजे देखी ८ बजेसम्म शहिद स्मृती आवासिय बिद्यालयमा शहिद परिवारसंग भेटघाट तथा बिद्यालयको अनुगम गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, बिहान ८ देखी ९ बजेसम्म खुटिया– दिपायल दु्रत मार्गको अवलोकन पछि दिपायलमा जनसभा शुभारम्भ हुने संयोजक गड्सिलाले बताउन भयो । जनसभा पछि अध्यक्ष प्रचण्डसहितको केन्द्रीय अभियान टोलीलाई ११ बजे अछामका लागि बिदाइ गरिने छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...