दिपायल – खाेलामा डुबेर डोटीका एक युवक बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका – ४ बनेलीका गणेश महराका १९ बर्षिय छाेरा नरेश महरा खाेलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयल डोटीका अनुसार विवाहको निमन्त्रणा कार्ड वितरण गर्न गएका महरा सोही नगरपालिकाको वडा ५ र ७ को सिमानामा पर्ने ठुलीगाड (खोला) मा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।
स्थानीय र प्रहरीबाट खाेजि कार्य भइरहेकाे र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको बताइएकाे छ । गहिराे ताल भएका कारण खाेजिकार्यमा केही कठिनाइ भइरहेकाे स्थानीयले बताएका छन् ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...