दिपायल, चैत्र २८ गते । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित स्थानीय लहरी नागरीको घरमा बुधबार राति चट्याङ परेको थियो ।
चट्याङ लागेर नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीकको मृत्यु भएको हो । सोही चट्याङमा परेर मृतक कमलाका ४ सन्तान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी १० वर्षीया छोरी तारा नागरी, ८ वर्षीय छोरा अविशेक नागरी, ६ वर्षीय छोरा अबि नागरी र ३ महिनाका छोरा शंकर नागरी घाइते भएका हुन् ।
त्यस्तै सोही ठाउँका ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको एसपी शर्माले बताए ।
दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...