२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

प्रधानमन्त्रीले आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

दिपायल – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सदस्य धर्मराज पाठकका अनुसार प्रधानमन्त्री ओलीले भोलि दिउँसो १ बजे पछि सभालाई सम्बोधन गर्नेछन् ।

प्रदेशसभा सचिवालयले भोलि दिउँसो १ बजेका लागि बैठक बोलाएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर पाठकले प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे सदनलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको सम्बोधन प्रदेशका लागि ठुलो अवसर रहेको प्रदेशसभा सदस्य पाठकले बताए । उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालनका लागि प्रदेशसभामा रहेका सम्पूर्ण दलले साझा धारणा बनाएर लागि बुझाउन सुझाव दिए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ फाल्गुन २४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP