२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

अहिलेको सरकार ससंदबाट भाँग्न खोज्दै छः पुन

धनगढी । नेकपा माओवादी केन्द्रका उप(महासचिव बर्षमान पुनले बर्तमान सरकार ससंदबाट भाँग्न खोजिरहेको आरोप लगाएका छन् । धनगढीमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सममेलनमा बोल्दै उप(महासचिव पुनले ससंदबाट कानुन बनाउनुपर्नेमा सरकार अध्यायदेशबाट चलिरहेको बताए । कानुन बनाउने संस्था ससंद हो तर अहिलेको सरकार कार्यपालिकाबाट कानुन बनाउन खोज्दैछ यो गलत परिपाटी हो उनले भने “प्रधानमन्त्री केपी सर्मा ओलीले बिगतकै गलत अभ्यास दोहोर्याउन खोज्दै हुनुहुन्छ, उहाँ अध्यादेशबाट कानुन बनाउने र बिस्तारै ससंदको बिकल्प खोज्ने तर्फ उन्मुख हुनुभएको छ, यो अभ्यास लोकतान्त्रीक ब्यवस्था बिपरित हो ।”

उप महासचिव पुनले सरकारले अर्थतन्त्र समेत सुधार गर्न नसकेको बताए । बिगतका सरकारले बनाएको बजेट समेत बर्तमान सरकार कार्यान्वयनबाट पछि हटिरहेको छ उनले भने “आफै सहभागी भएको सरकारले ल्याएको बजेटपनि कार्यान्वयन गर्न नसक्नु दखद पक्ष हो, पुजिगत खर्च समेत बढाउन नसकेको सरकारले अर्थतन्त्र सुधार गर्न सक्दैन ।”

सरकारले भुमी सम्बन्धी ल्याएको अध्यादेशले भुमिहिनलाई जग्गा बाँड्ने तिर भन्दा सरकारी जग्गा हडप्ने तिर सहजता ल्याउने उनको भनाई थियो । पुनले तत्काल एमाले सगं सहकार्य एवं एकताको कुनै सम्भावना नरहेको बताए । कम्युनिस्ट एकता भन्दै काग्रेंस सगं केपी ओलीनै मिलेकाले अब माओवादी एकताको पहल भन्दापनि एक्लै चुनाव लडेर बलियो शक्ती बन्ने तर्फ केन्द्रित भएको उनले बताए । सुदुरपश्चिममा दल नेता सम्बन्धी समस्या पार्टीले समाधान गर्ने उनको भनाई थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ माघ २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP