२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महेन्द्रनगर राजमार्ग स्थित बेदकोट नगरपालिका ७ सुडामा बेलौरी नगरपालिका ८ का २१ वर्षीय अमृत चौधरीले चलाएको म ३ प १४७१ नम्बरको मोटरसाईकल बिहीवार साँझ दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार भीमदत्त नगरपालिका १८ बस्ने ३० वर्षीय हरिस खुनाको मृत्यु भएको छ।

दुर्घटनामा घाईते भएका खुनाको उपचारका क्रममा बिहीवार नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकल चालक चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ माघ १८

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP