२०८३ जेष्ठ १८, सोमबार
June 1, 2026, Monday

यू -१९ महिला टी २० विश्वकप : स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू १९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ख रनको लक्ष्य दिएको छ ।

बांगीस्थित युएसडी युकेएम-ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ माघ ७

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP