२०८३ जेष्ठ १८, सोमबार
June 1, 2026, Monday

दार्चुलाका किशोरीलाई एचपीभी खोप लगाईने

दार्चुला । दार्चुलामा ९ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप दिइने भएको छ ।

यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तरर्गत जिल्लाभरीका ९ हजार बढी किशोरीहरुलाई खोप दिने तयारी भएको हो ।

देशैभर सञ्चालन हुने अभियान अन्तर्गत दार्चुलामा पनि खोप अभियान सञ्चालन हुने र यसको तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले बताए । अभियान अन्तर्र्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप दिइने भट्टले बताए ।

खोप अभियानको तयारी स्वरुप अहिले जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा रहेका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिने कार्य संञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । माघ ११ गतेसम्म तालिम सञ्चालन हुने बताइएको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ माघ ६

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP