दार्चुला । दार्चुलामा ९ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप दिइने भएको छ ।
यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तरर्गत जिल्लाभरीका ९ हजार बढी किशोरीहरुलाई खोप दिने तयारी भएको हो ।
देशैभर सञ्चालन हुने अभियान अन्तर्गत दार्चुलामा पनि खोप अभियान सञ्चालन हुने र यसको तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले बताए । अभियान अन्तर्र्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप दिइने भट्टले बताए ।
खोप अभियानको तयारी स्वरुप अहिले जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा रहेका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिने कार्य संञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । माघ ११ गतेसम्म तालिम सञ्चालन हुने बताइएको छ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...