२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षसहित सदस्य नियुक्त

दिपायल । सरकार फेरिएसँगै पदाधिकारीविहीन रहेको प्रदेश नीति तथा योजना आयोगमा सुदूरपश्चिम सरकारले बिहीबार उपाध्यक्षसहित दुई जना सदस्य नियुक्त गरेको छ ।

प्रदेश सरकारले उपाध्यक्षमा डा। जीवन रानालाई नियुक्त गरेको हो । डा।हीरा चन्द र शेरबहादुर भण्डारी सदस्य नियुक्त भएका छन् । धनगढी उपमहानगरपालिका–८ की रानाले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि उपाधि प्राप्त गरेकी छिन् ।

आयोगका पदाधिकारी नियुक्तिमा सत्तारुढ दल कांग्रेस र एमालेले भागबण्डा गरेका हुन् । उपाध्यक्षसहित एक सदस्य कांग्रेसको भागमा परेको छ भने एमालेले एक जना सदस्य पाएको छ । सदस्य नियुक्त भण्डारी डडेलधुरा कांग्रेसका सचिव हुन् । यस्तै सदस्यमा नियुक्त गरिएका चन्द एमाले कञ्चनपुरका नेता हुन् ।

नवनियुक्त पदाधिकारीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ पुष १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP