२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकार बन्न क्यानडा बाट आए उपाध्याय

डोटी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक सल्लाहकारमा डा.जितेन्द्र उपाध्याय नियुक्त भएका छन्। उपाध्याय सल्लाहकार बन्न क्यानडा बाट नेपाल आएका एक श्रोतले बताएका छन ।
मुख्यमन्त्री शाहले बुधबारदेखि लागु हुने गरी उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३ को उपदफा १ (क) बमोजिम उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री शाहले बताए। टीकापुर नगरपालिका १, घर भएका उपाध्याय हाल क्यानडा बस्दै आएका छन्।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०८१ पुष ३

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP