२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

एमाले डोटीमा मञ्जु मलासी विजयी

 

दिपायल । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

नेकपा विभाजन कालमा मल्ल र मलासी दुवै जना रावलसँगै तत्कालीन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा गएका थिए । पछि रावल एमालैमै रहँदा उनीहरू पनि एमालेमा रहे । एमालेमा भिम रावल पक्षधरको कब्जामा सुदूरपश्चिमभर डोटी एक मात्रै जिल्ला रहेको एमाले वृत्तमा चर्चा छ ।

यस पटक अध्यक्षमा निर्वाचित मलासीलाई एमाले महासचिव शंकर पोखरेलको पनि साथ रहेको डोटी एमालेमा चर्चा छ । महासचिव पोखरेल अधिवेशनको उद्घाटनका लागि डोटी पुगेका थिए ।

यस्तै उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदमराज भट्ट, उपसचिवमा खुल्लातर्फ डम्मरसिँह डौडी, महिलातर्फ विष्नादेवी सिंह निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचितमा पनि मलासीकै प्यानल हाबी देखिएको छ ।

अध्यक्षमा निर्वाचित मलासी दिपायल सिलगढी नगरपालिकाकी पूर्व मेयर पनि हुन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ पुष २

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP