२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण


दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको छ। समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित बाख्रा वितरण गरेको हो ।

शिखर नगर पालिका वडा नम्बर २, ३ र ६ का महिलाहरुलाई बाख्रा वितरण गरिएको हो । शिखर नगरपालिकाकी नगर उप- प्रमुख सुनिता रावल जोरा तथा वडाध्यक्षहरुको रोहबरमा बाख्रा वितरण गरिएको थियो ।

सिड नेपालले गठन गरेको आत्मनिर्भर समूहमा आबद्ध गरीब, अपाङ्ग, आर्थिक अवस्था कमोजोर भएका महिलाहरुलाई छनोट गरेर प्रति व्यक्ति दुई वटा बाख्रा वितरण गरेको सिड नेपालका अध्यक्ष यज्ञराज जोशीले बताए । समूहले छनोट गरेर सफरिस गरेका महिलाहरुलाई बाख्रा वितरण गरिएको उनले बताए ।

बाख्रा पालनले महिलाहरुलाई ठूलो राहत मिल्ने नगर उपप्रमुख रावलले बताइन् । ‘महिलाहरुले सामान्य तेल, साबुन खरिद गर्न पनि पुरुषलाई पैसा माग्नु पर्ने अवस्था छ । बाख्रा पालन पछि महिलाहरुले घर खर्च आफै चलाउन सक्छन् । आत्मनिर्भर बन्न सक्छन,’ उनले भनिन् ।

जिल्लाका अन्य क्षेत्रमा पनि महिलाहरुलाई बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक डिल बहादुर बिकले बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ मंसिर १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP